ताजा समाचार


रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ७९ पुग्यो

 नेपाल बाहक    २६ चैत्र २०७६, बुधबार ०९:४९     486 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ७९ पुगेको छ । बुधवार मन्थली नगरपालिकामा थप १४ जना क्वारेन्टाइमा राखे संगै रामेछाप जिल्ला भर क्वारेन्टाइनमा बस्नेको संख्या ७९ पुगेको हो ।
बुधवार सम्म गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा २३ जना, रामेछाप नगरपालिकामा २७ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । ७४ जना होम क्वारेन्टाइनमा बसेका छन् ।
बुधबारसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए ।