ताजा समाचार


रामेछापमा पनि कोरोना र्‍यापिड टेष्ट गरीने

 नेपाल बाहक    ३० चैत्र २०७६, आईतवार १२:११     481 जनाले पढ़िसके

रामेछाप । भोलिबाट रामेछाप जिल्लामा पनि कोरोना र्‍यापिड टेष्ट गरीने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य मन्त्रालयले तीन सय थान किट उपलब्ध गराएको छ ।
किट उपलब्ध भए संगै बैशाक १ गते बाट परीक्षणको काम सुरु गर्ने जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कणले बताउनु भयो । कर्णका अनुसार सुरुमा मन्थली नगरपालिका त्यस पछि रामेछाप नगरपालिकामा परीक्षण गरीने छ । क्वारेन्टाइनमा रहेका व्यक्ति र उनीहरुको परिवारका सदस्यहरुलाई पहिलो चरणमा परीक्षण गरीने छ ।