ताजा समाचार

रामेछापमा कोरोना र्‍यापिड टेष्ट सुरु

 नेपाल बाहक    १ बैशाख २०७७, सोमबार ११:२३     413 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा पनि सोमबारबाट कोरोना र्‍यापिड टेष्ट सुरु गरीएको छ । सोमबार मन्थली नगरपालिकाको आइसोलेसनमा बसेका एक जान ब्यक्तिलाई र्‍यापिड टेष्ट गरीएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य मन्त्रालयले तीन सय थान किट उपलब्ध पछि रामेछापमा पनि कोरोना ¥यापिड टेष्ट गरीएको हो ।
स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरीने छ । परिक्षणको क्रममा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गरिने छ ।
रामेछाप जिल्लाको विभिन्न स्थानमा संचालित हेल्थ डेक्समा सोमबार सम्म ३ हजार ७ सय ६९ जनाको फिभर परिक्षण गरिएको पनि कर्णले बताए । कोरोना भाइरस संक्रमणको जोखिमतालाई ध्यानमा राखी लक्षण परिक्षण गर्न जिल्लाको मन्थली नगरपालिकामा संचालन गरिएको हेल्थ डेक्समा १ हजार ९ सय ४ जना , रामेछाप नगरपालिकामा ६ सय ७७ जना ,सुनापति गाउँपालिकामा ७ सय १ जना , खाँडादेवी गाउँपालिकामा ४ सय २० जना र गोकुलगंगा गाउँपालिकामा ६७ जनाको फिभर परिक्षण गरिएको कर्णले बताए ।