रामेछाप । आफु खुसी राहत बितरण नगर्न जिल्ला प्रशासन कार्यलय रामेछापले अनुरोध गरेको छ । मंगलवार एक सुचना जारी गदै रामेछाप प्रशासनले आफुखुसी राहत बितरण भएको गुनासो आएको त्यस्तो नगर्न अग्रह गरीएको छ । जिल्ला प्रशासनले प्रत्यका वडामा सम्पर्क व्यक्ति तोकी निवेदन तथा गुनासो संकलन गर्ने व्यवस्था मिलाउँन र कुनै निकाय ,संघ संस्था व्यक्तिले दिने सहायता स्थानीय तहको मापदण्ड अनुसारकोे सामाग्री भएमात्रै स्वीकार गरी वडा स्तरीय समिति मार्फत वितरण गर्न अनुरोध गरेको छ । प्रशासनले नेपाल सरकारको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउँने राहात सम्बन्धि मापदण्ड २०७६ स्वीकृत भैसकेकाले सोहि अनुसार आवश्यक नागरिकलाई मात्रै राहत वितरण गर्न अनुरोध गरेको छ ।