ताजा समाचार


रामेछाप जेसिस द्धारा राहत बितरण

 नेपाल बाहक    ३ बैशाख २०७७, बुधबार ०७:५३     391 जनाले पढ़िसके

रामेछाप । रामेछाप जेसिसले २२ परिवारलाई राहत बितरण गरेको छ ।रामेछाप जेसिसले कोभिड १९ बाट प्रभाबित लिखुतमाकोसी गाउँपालिका ६ का २२ बिपन्न परीवारलाई राहत बितरण गरेको जेसिस रामेछापका कार्यकारी उपाअध्यक्ष जिवन कार्किले बताए ।
स्थानियतह संग समन्वय गरी जेसिस रामेछाले लिखुतामाकोसि गाउँपालिका वडा. न ६ खिम्तीका २२ परिवारलाई बुधबार राहत बितरण गरेको हो । राहतमा प्रत्येक परिवारलाई ३० केजि चामल, २ केजि दाल, २ केजि नुन र एक लिटर तेल बितरण गरेको रामेछाप जेसिसका उपअध्यक्ष बिमल पौडेलले जानकारी दिएका छन् ।
वडा अध्यक्ष शिव न्यौपाने ,सदस्य शेर ब.थापा ,समाजसेबि तथा नेपाली काङ्ग्रेसका नेता पदम माझी ,जहान सिंह खत्री , खिम्ती प्रहरी चौकीका प्रमुख , रामेछाप जेसिसका सदस्य कमल खत्री र बिपिन दाहालले उपस्तिथिमा राहत वितरण गरेको हो ।