ताजा समाचार


रामेछापमा ५२ जनामा र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेकेटिभ

 नेपाल बाहक    ४ बैशाख २०७७, बिहीबार ११:१३     611 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बिहिवार सम्म ५२ जनाको र्‍यापिड टेष्ट गरिएको छ । र्‍यापिड टेष्ट गरिएका सबैको रिर्पोट नेकेटिभ देखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनु भयो । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जना र गोकुलगंगा गाउँपालिकामा १३ जनाको र्या्िपड परिक्षण गरिएको छ । जिल्लाको मन्थली नगरपालिकामा वैशाख ३ गतेदेखी ७ गतेसम्म , खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते , गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते र्या्िपड टेष्ट गर्ने कार्यातलिका छ । रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा भने पहिलो कार्यतालिका अनुसार र्या्िपड टेष्ट गरिसकिएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्या््पिड टेष्टको कार्यक्रम छैन । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुको र्‍यापिड टेष्ट गरिएको हो ।