ताजा समाचार


रामेछाप जिल्लामा २९ जना मात्रा क्वारेन्टिमा

 नेपाल बाहक    ७ बैशाख २०७७, आईतवार १०:५८     302 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टीमा बस्नेको संख्या घटेर २९ जना भएको छ । शनिवार जिल्लामा क्वारेन्टिमा बस्नेको संख्या ४५ रहेको थियो । रामेछापमा विभिन्न स्थानमा १४ तथा २१ दिन क्वारन्टिनमा बसेकाहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएसंगै क्वारेन्टिनमा बस्नेहरुको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनु भयो । कार्णले दिएको जानकारी अनुसार आइतवार सम्म रामेछाप नगरपालिकामा २ जना , मन्थली नगरपालिकामा १ जना , दोरम्बा गाउँपालिकामा ९ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जना , खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।