रामेछाप । रामेछापमा आइतवार सम्म १ यस १३ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गर्ने सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १२ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना दोरम्बा गाउँपालिकामा ६ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनार्को यापिड परिक्षण गरिएको छ । कर्णका अनुसार आइतबार मन्थली नगरपालिकामा २ जना ,दोरम्बा गाउँपालिकामा ६ जना र उमाकुण्ड गाउँपालिकामा ३ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।