रामेछाप । काठमान्डौँबाट दोलखाको लागि छुटेको बस रामेछाप जिल्लाको मन्थलीमा दुर्घटना भएको छ । मालुखोलाको लागि छुटेको बा.२ ख ६८१८ नम्बरको बस बुधवार बिहान मन्थली नगरपालिका वडा न. ६ कुनौरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २८ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनालाई थप उपचारको लागि काठमान्डौ पठाइएको छ । अन्यको घाइतेको भने तामाकोसि अस्पतालमा उपचार भइरहेको छ । उक्त सवारीमा ३९ जना सवार रहेका बताइएको छ ।