ताजा समाचार


उपभोग्य सामानको अभाव हुन नदिन रामेछापमा संयन्त्र गठन

 नेपाल बाहक    १२ बैशाख २०७७, शुक्रबार ०९:१९     328 जनाले पढ़िसके

रामेछाप । रामेछापमा दैनिक उपभोग्य सामानको अभाव हुन नदिन संयन्त्र गठन गरीएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्सिय संयन्त्रको गठन गरीएको हो । संयन्त्रमा घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख मेघप्रसाद गौतम, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दिपक कार्की रहनु भएको छ ।
रामेछाप प्रशासनले जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव नभएको पनि जनाएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले शुक्रबार सुचना प्रकाशित गरि जिल्लामा अत्यवश्यक सामाग्रिहरुको नियमित आपुर्ति भई रहेको जनाएको हो ।