रामेछाप । कारोनाको संक्रमण फैलिई रहँदा जिल्ला अस्पताल रामेछापलाई कोरोना संक्रममितहरुको स्वाव सुरक्षित रुपमा संकलन गर्नको लागि शुक्रबार स्वाव कलेक्सन बुथ हस्तान्तरण गरिएको छ । नेपाल इञ्जिनियर एशोसियशन बागमती प्रदेशले सहयोग स्वरुप अस्पताललाई प्रदान गरेको सो बुथ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनलाई हस्तान्तरण गर्नु भएको हो ।
बुथ हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले उपकरण अभाव भइरहेको अवस्थामा आफ्नै देशका इञ्जिनियरले आफ्नै प्रविधिबाट उत्पादन गरेको उपकरणले सहयोग पुगको बताउनु भयो ।
यस अघि एशोसियशनका बागमती प्रदेश सदस्य सरोज कार्कीले प्रमुख जिल्ला अधिकारीलाई बुथ हस्तान्तरण गर्नु भएको थियो । जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर आनन्द आचार्यले स्वाव संकला बुथले स्वास्थ्यकर्मीको बचावटको लागि ठूलो सहयोग गर्ने बताउनु भयो ।
कलेक्सन बुथ जिल्ला अस्पाताल रामेछापमा आयोजित एक कार्यक्रममा निर्वा्चित जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको उपस्थितमा हस्तान्तरण गरिएको हो ।
यसै बिच रामेछापमा रहेको नेपाली सेनाको नयाँ गोरख गणले एकपटक प्रयोग गर्न सकिने पोलिथिनको पिपिई विकसित गरेको छ । संक्रमण फैलियो भने उद्दारमा खालि जान भन्दा सामान्य भए पनि सुरक्षा हुने खालका पिपिईको नमुना सेनाले उत्पादन गरेको छ । जिल्लामा पर्याप्त पिपिई सेट उपलब्ध नभए पछि सेनाले त्यस्तो सेटको नमुना उत्पादन गरेको हो ।