रामेछाप । शनिवार तामाकोसि नदिनमा डुबेर एक जना युवाको मृत्यु भएको छ । शनिवार दिउसो पौडी खेल्ने क्रममा नदिमा डुबेर मन्थली नगरपालिका २ का युवक मृत अवस्थामा फेला परेका हुन् ।
रामेछापको मन्थली एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ टेकनपुर घरभै हाल मन्थली नगरपालिका १ बसपार्कमा बस्दै आएका वर्षका १८ का सुमन रम्तेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।