ताजा समाचार

रामेछापमा १ सय ७५ जनाको र्‍यापिड टेष्ट : सबैको रिर्पोट नेगेटिभ

 नेपाल बाहक    १६ बैशाख २०७७, मंगलवार १३:२५     302 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा हालसम्म १ सय ७५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । रामेछापमा मंगलवार सम्म ३७ महिला र १ सय ३८जना पुरुषको र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १९ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ७ जना , गोकुलगंगा गाउँपालिकामा ४१ , खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परिक्षण गरिएको छ ।