सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जना युवाको ज्यान गएको छ । आज परेको चट्याङ लागेर सिन्धुली जिल्ला हरिहरपुरगढि गाउँपालिका २ का ३० बर्षिय पुरुषोत्तम राईको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
मरिन नदीमा संचालन गरिएको पानी घट्टामा आफन्तलाई खाना र्पुयाएर घर फर्किदै गरेका राईलाई खोलामै चट्याङ लागेको तरङ्गले घाइतेले भएको राईको उपचारको लागि स्थानिय पोलिक्लिनीक लगिएको थियो । डाक्टरले १२ः१५ मा मृत्यु घोषणा गरेको,लास सोहि पोलिक्लिनिकमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुललीका प्रहरी उपरिक्षक रन्जु सिग्देले जानकारी दिनुभयो ।