ताजा समाचार


घरबाट निस्कदा ख्याल गर्नु पर्ने कुरा

 नेपाल बाहक    २० बैशाख २०७७, शनिबार ०५:५५     354 जनाले पढ़िसके

यदि तपाई कुनै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने विचार गर्नुस् । टाढाको यात्रामा निस्कदा यी ५ गल्तीहरु गरेमा अशुभ हुने ज्योतिषी शास्त्रीहरु बताउछन् ।

१ । पहिलो कुरा लामो यात्रामा निस्कदा नकारात्मक शब्दको प्रयोग गर्नु हुदैन् । यात्रामा जानु अघि नदी, आगो, हावा ,देवी देवता, वृद्द आमा बुवालाई सम्झनुपर्छ ।

२ । दोस्रोमा लामो यात्रामा निस्कदा पहिले आफ्नो खुट्टा बाहिर निकाल्नुहोस् । गरिब र दुखीको सेवा गर्नुस् ।

३ । तेस्रोमा यदि मंगलबारको दिन लामो यात्रामा घरबाट निस्कदै हुनुहुन्छ र उत्तर दिशाको यात्रा गर्नु छ भने मिठाई खाएर निस्कनुहोस् । बुधवार धनिया वा तिल ,बिहीवार दही खाएर ,शुक्रवार जौ खाएर र शनिवारको दिन अदुवाको सानो टुक्रा वा कालो दाल खाएर निस्कनु राम्रो मानिन्छ ।

४ । चौथोमा यदि लामो यात्रामा निस्कदै गर्दा बाटामा बिरालोले बाटो काट्यो, कौवा टाउकोमा बस्यो, अगाडि कसैको लाश देखिए, हाछ्यु आए, कसैले टोक्यो भने अशुभ मानिन्छ । त्यसैले तपाईको त्यो यात्राको समय सार्नु पर्दछ ।

५ । पाचौमा यात्राको क्रममा निस्कदा सुन्दर स्त्री ,पानीले भरिएको भाडो, बाच्छालाई दुध खुवाउदै गरेको गाईलाई देखिनु शुभ संकेत मानिन्छ ।