ताजा समाचार


एकै दिन १० जनामा कोरोना पुष्टि : नेपालमा कोरोना सक्रंमितको संख्या ६९ पुग्यो

 नेपाल बाहक    २१ बैशाख २०७७, आईतवार ११:२१     278 जनाले पढ़िसके

काठमान्डौँ । आइतबार १० जनामा कोरोना पुष्टि भएको छ । आज नेपालगन्जमा ९ जना र पर्सामा एक जना गरी १० जनामा पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ ।
नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको रहेको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।

कोरोना पुष्टि भएका १० जनालाई नेपालगञ्जको कोरोना अस्पताल लैजाने तयारी गरिएको छ । अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइलिरहेको छ ।