ताजा समाचार


रामेछापमा १ सय ८६ जनाको र्‍यापिड टेष्ट : सबैको रिर्पोट नेगेटिभ

 नेपाल बाहक    २१ बैशाख २०७७, आईतवार ११:३६     416 जनाले पढ़िसके

रामेछाप । रामेछापमा १ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । जिल्लामा हालसम्म १ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।
अहिलेसम्म मन्थली नगरपालिकामा २४ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ११ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल जनाएको छ ।