ताजा समाचार


पत्रकारहरू आफै पीडित रहेको इन्सेकको ठहर

 नेपाल बाहक    २२ बैशाख २०७७, सोमबार १३:१७     282 जनाले पढ़िसके

रामेछाप । बैशाख २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले नेपालमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायम नै रहेको जनाएको छ । इन्सेकले अरुका आवाज उठाउनु पर्ने पत्रकारले आफ्नै आवाज उठाइरहनु पर्ने अवस्था आएको जनाएको छ।
इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेको उल्लेख छ । कोरोना भाइरसको राकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दाबढीको लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको सङ्कटको घडीमा पत्रकार भौतिक रुपमा असुरक्षित भएको विज्ञप्तिमा जनाइएको छ ।
साथै, सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्नसक्ने अवस्था नरहेको बताइएको छ । लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशनसमेत बन्द भएको विज्ञप्तिमा ननाइएको छ । बागमती प्रदेशमा लकडाउनको अवस्थामा पनि कहिँ प्रहरी प्रशासनले, कहिँ जनप्रतिनिधि त कहिँ जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि गरेको भन्दै इन्सेकले आपत्ति जनाएको छ ।
समाचार लेखेको, सम्प्रेषण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुव्र्यवहार भएको इन्सेकले जनाएको छ । यस्तै सर्वसाधारण नागरिकलाई समेत सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकट गरेकै आधारमा गिरफ्तार तथा धम्की दिइएको भन्दै इन्सेकले त्यस्ता कार्य तत्काल रोक्न भनेका ।