ताजा समाचार


दोलखामा चट्याङ लागेर एक महिलाको मृत्यु

 नेपाल बाहक    २४ बैशाख २०७७, बुधबार १३:११     438 जनाले पढ़िसके

रामेछाप । बुधवार दिउसो परेको चट्याङ लागेर दोलखामा एक महिलाको मृत्यु भएको छ । दोलखाको मेलुङ गाउँपालिका वडा नं ५ डाँडाखर्क सुङगुरेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो भने अर्का एक पुरुष घाइते भएका छन् ।
बुधबार साँझ ५ बजे परेको चट्याङमा परी रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं १ डडुवा सुर्के घर भएकी अन्दाजी ५० बर्षकी सीता श्रेष्ठको घटना स्थलमै मृत्यु भएको डाँडाखर्कका स्थानीय योगेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चट्याङमा परी मेलुङ गाउँपालिका वडा नं ५ पाँखेका अन्दाजी ५० बर्षि मोते बहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् ।
घाइते श्रेष्ठको डाँडाखर्क स्थित डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भई रहको छ । मृतक महिला मेलुङ गाउँपालिका वडा नं ५ पाँखे माइत आई किनमेलका लागि डाँडाखर्क आएको र फर्कने क्रममा चट्याङमा परेको श्रेष्ठले जानकारी दिए ।