ताजा समाचार


रामेछापमा २ सय १२ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेकेटिभ

 नेपाल बाहक    २४ बैशाख २०७७, बुधबार १३:५२     332 जनाले पढ़िसके



रामेछाप । रामेछाप जिल्लामा बुधवार सम्म २ सय १२ जानको र्‍यापिड टेष्ट गरिको छ । जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६६ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेकेटिभ आएको रामेछाप अस्पताले जनाएको छ । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ४५ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड टेष्ट गरिएको छ ।