रामेछाप । रामेछाप जेसिसले रामेछापको मन्थलीमा सन्चालित ४ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
। मन्थलीमा संचालित तामाकोसी सहकारी अस्पताललाई थर्मगन २ थान, पिपिई २ थान, एननाईन्टी पाईभ मास्क २५ थान, सर्जिकल मास्क ५० थान, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क १० थान, सर्जिकल मास्क ५० थान, सामुदायिक अस्पतालाइ थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क १० थान, सर्जिकल मास्क ५० थान र मन्थली मन्थली पोलिक्लिनिकलाई थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क ५ थान, सर्जिकल मास्क ५० थान हस्तान्तरण गरेको रामेछाप जेसिसका उपाअध्यक्ष बिमल पौडेलले जानकारी दिए ।
देशभर कोराना संक्रमणको जोखिम बढ्दै गएकाले स्वास्थ्यकर्मीहरुलाई विरामी परिक्षणमा जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपानाउन सहज होस भनेर उक्त सामाग्री उपलब्ध गराएको उपाध्यक्ष पौडेलले बताए ।