ताजा समाचार


खाँडादेवी गाउँपालिका वडा नं ३ द्धरा ४ सय २६ परिवार लार्ई राहात वितरण

 नेपाल बाहक    २७ बैशाख २०७७, शनिबार १३:०७     709 जनाले पढ़िसके

रामेछाप । खाँडादेवी गाउँपालिका वडा –३ भिरपानीले ४ सय २६ परिवार लार्ई राहात वितरण गरेको छ । वडावासीले जम्मा गरेको भिरपानी विपत कोषको रकमबाट खाद्य सामाग्रि खरिद गरि वडा कार्यालय मार्फत वितरण गरिएको हो ।
वडाअध्यक्ष पुष्कर कार्कीका अनुसार सो वडाका सित्खा, डफ्का, भलायखर्क, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था, पशु सेवा केन्द्र लगायतका स्थानबाट बन्दाबन्दीको कारण दैनिक जीविका चलाउन समस्या भएका ४ सय २६ परिवारलाई खाद्य सामाग्रि वितरण गरिएको हो । उनीहरुलाई चामल, दाल, तेल, नुन, सावुन लगायका सामाग्रिहरु वितरण गरिएको थियो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला बाहिरबाट आयात गर्ने तरकारी तथा फलफूलमा लगाएको रोकलाई निरन्तरता दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । जिल्लामा संmक्रमण भित्रन सक्ने खतरालाई ध्यानमा राखि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उता लिखु तामाकोसी गाउँपालिका २ का सामाजिक अभियान्ता केशरबहादुर पौडेले सो पालिकाका ७ सय जना विपन्नलाई अफ्नो व्यक्तिगत तर्फबाट २५ किलो तौलका एक⁄एक बोराको दरले चामल वितरण गर्न गरेको प्रस्तावलाई गाउँपालिकाले अस्विकार गरेको गुनासो गर्नु भयो । पालिकाले छनौट गरेका अति विपन्न परिवारलाई आफ्नै हातले सहयोग गर्ने प्रस्ताव गरेकामा गाउँपालिकाले आपूmखुसी सामान वितरण गर्न चाहेकोले सामाग्रि लैजान नसेकको उहाँले बताउनु भयो । उहाँले पालिकाले सहज वातावरण बनाईदिए आपूmले सहयोग सामाग्रि वितरण गर्ने बताउनु भयो ।
चट्याङ लागेर सिन्धुलीमा एक युवाको मृत्यु
सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जना युवाको ज्यान गएको छ । आज परेको चट्याङ लागेर सिन्धुली जिल्ला हरिहरपुरगढि गाउँपालिका २ का ३० बर्षिय पुरुषोत्तम राईको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
मरिन नदीमा संचालन गरिएको पानी घट्टामा आफन्तलाई खाना र्पुयाएर घर फर्किदै गरेका राईलाई खोलामै चट्याङ लागेको तरङ्गले घाइतेले भएको राईको उपचारको लागि स्थानिय पोलिक्लिनीक लगिएको थियो । डाक्टरले १२ः१५ मा मृत्यु घोषणा गरेको,लास सोहि पोलिक्लिनिकमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुललीका प्रहरी उपरिक्षक रन्जु सिग्देले जानकारी दिनुभयो ।
………………………………………………………………………….
खाडाँदेबि र सुनपातीका क्वारेन्टिन र आइसोलेसन कक्षको अनुगमन
रामेछाप । रामेछापमा कोरोना भाइरस नियन्त्रणको लागि निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन कक्षको गुणस्तरमा सुधार गर्नु पर्ने देखिएको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले मानवअधिकार संरक्षण सञ्जालका प्रतिनिधि समेतको सहभागितमा गरेको स्थलगत अवलोकनको क्रमममा सो कुरा देखिएको हो ।
जिल्लामा बनाइएका क्वारेन्टिनमा निम्नतम मापदण्डहरु पुरा हुन नसेको पाइएको अनुगमनका क्रममा जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर आनन्द आचार्यले बताउनु भयो ।
क्वारेन्टिनमा कम्तिमा पनि तीन फिटको अन्तरमा ओछ्यान हुनु पर्ने तथा प्रत्यक व्यक्तिले अलग अलग प्रयोग गर्ने सामाग्रि हुनु पर्ने उहाँले बताउनु भयो । यसैगरि आइसोलेसनमा अक्सिजन, चेञ्जिङ रुम लगायतको व्यवस्था हुनु पर्ने उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा गएको टोलीले खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले गरेको पूर्वयतायारीको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
सुरक्षा अधिकारी, स्वास्थ्य कार्यालयका अधिकारहरु तथा अधिकारकर्मी समेतको टोलीले सो क्रममा गाउँपालिकामा भइरहेको कामको बारेमा जानकारी लिएको थियो । सो क्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाले अब लकडाउनलाई अलग किसिमले लैजान लागेको बताउनु भयो । उहाँले स्वास्थ्य स्वयम्सेवीका मार्फत गाउँमा सोचतनाको काम भएको बताउँदै अब कृषिक्षेत्रमा काम गर्न उत्प्रेरित गर्ने गरी काम गरिने बताउनु भयो ।
सुनापति गाउँपालिका प्रमुख धाव लामाले सहरका मानिसहरु एकैपटक गाउँ भित्रदा रोगसंगै भोक समेत भित्रने खतरा बढेको बताउनु भयो । त्यसैले सहकारी संस्थाहरु मार्फत मकै र धान खरिद गरि सुपथ मुल्यामा बिक्रि गर्ने व्यवस्था मिलाईएको उहाँले जनकारी दिनुभयो ।
टोलीले २ वटै गाउँपालिकाम निर्माण गरिएका क्वारेन्टिन कक्ष तथा आइसोलेसन कक्षको समेत अवलोकन गरेको थियो ।
अवलोकन पछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पालिकाहरुले व्यवस्थापनको लागि निक्कै राम्रो प्रयास गरेको बताउनु भयो । अझै पनि क्वारेन्टिन र आइसोलेसनको सुधारको लागि काम गर्नु पर्ने उहाँको भनाई थियो ।
रामेछाप जिल्ला रहेका ८ वटा पालिकामा अहिलेसम्म ३ सय ३१ सैयाका क्वारेन्टिन र ६१ सैयाका आइसोलेसन कक्ष स्थापना गरेका छन् ।
स्थानिय युवाहरुको सक्रियतामा बन्दाबन्दिमा फसेका नागरीकको उदार
रामेछाप । मन्थली नगरपालिका वडा न. ३ का युवाको सक्रियतामा बन्दाबन्दिमा फसेका नागरीकको उदार गरिएको छ । स्थानिय युवाहरुले मन्थली नगरपालिका वडा न. ३ घरभइ काठमान्डौँ बस्दै आएका १ सय भन्दा बढि नागरीकको उदार गरिएको उदारमा सक्रिय स्थानिय युवा प्रदिप रोक्काले जानकारी दिए ।
रोक्का अनुसार बैशाख ११ गते देखि हाल सम्म १ सय भन्दा बढि नागरीकको उदार गरीए हो । उदारको लागि स्थानिय युवा प्रदिप रोक्का, यम बहादुर बुढाथोकि र चालक पवन रोक्काले सक्रियता देखाए थिए । आफ्नो वडा भित्रका नागरीकले जिल्ला आउन चाहानेले ९८६०३०१०५१ मा सम्पर्क गर्न उनिहरुले आग्रह गरेका छन् ।

उपभोग्य सामानको अभाव हुन नदिन रामेछापमा संयन्त्र गठन
रामेछाप । रामेछापमा दैनिक उपभोग्य सामानको अभाव हुन नदिन संयन्त्र गठन गरीएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्सिय संयन्त्रको गठन गरीएको हो । संयन्त्रमा घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख मेघप्रसाद गौतम, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दिपक कार्की रहनु भएको छ ।
रामेछाप प्रशासनले जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव नभएको पनि जनाएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले शुक्रबार सुचना प्रकाशित गरि जिल्लामा अत्यवश्यक सामाग्रिहरुको नियमित आपुर्ति भई रहेको जनाएको हो ।
काठमान्डौँबाट दोलखाको लागि छुटेको बस मन्थलीमा दुर्घटना
रामेछाप । काठमान्डौँबाट दोलखाको लागि छुटेको बस रामेछाप जिल्लाको मन्थलीमा दुर्घटना भएको छ । मालुखोलाको लागि छुटेको अरनिको यातयातको बा.२ ख ६८१८ नम्बरको बस बुधवार बिहान मन्थली नगरपालिका वडा न. ६ कुनौरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २८ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ घाइते मध्ये दुई जनालाई थप उपचारको लागि काठमान्डौ पठाइएको छ । घाइतेको तामाकोसि अस्पतालमा उपचार भइरहेको छ । उक्त सवारीमा ३९ जना सवार रहेका बताइएको छ ।

रामेछापमा १ सय ५५ को ¥यापिड टेष्ट सबैको रिर्पोट नेकेटिभ
बैशाख ९, रामेछाप । रामेछापमा मंगलबारमा सम्मा १ सय ५५ जनाको ¥यापिड टेष्ट गरिएको छ । ¥यापिड टेष्ट गरीएका सबैको रिर्पोट नेकेटिभ आएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । हाल सम्म मन्थली नगरपालिकामा १२ जना, रामेछाप नगरपालिकामा २४ जना, सुनपाति गाउँपालिकामा २१ जना, गोकुलगंगा गाउँपालिकामा ४१ जना, लिखुतामाकोसि गाउँपालिकामा ६ जना, दोरम्वामा १४ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना र खाडाँदेबि गाउँपालिकमा ३३ जनामा ¥यापिड टेष्ट गरीएको थियो ।
रामेछाप जेसिस द्धारा राहत बितरण
रामेछाप । रामेछाप जेसिसले २२ परिवारलाई राहत बितरण गरेको छ ।रामेछाप जेसिसले कोभिड १९ बाट प्रभाबित लिखुतमाकोसी गाउँपालिका ६ का २२ बिपन्न परीवारलाई राहत बितरण गरेको जेसिस रामेछापका कार्यकारी उपाअध्यक्ष जिवन कार्किले बताए ।
स्थानियतह संग समन्वय गरी जेसिस रामेछाले लिखुतामाकोसि गाउँपालिका वडा. न ६ खिम्तीका २२ परिवारलाई राहत बितरण गरेको हो । राहतमा प्रत्येक परिवारलाई ३० केजि चामल, २ केजि दाल, २ केजि नुन र एक लिटर तेल बितरण गरेको रामेछाप जेसिसका उपअध्यक्ष बिमल पौडेलले जानकारी दिएका छन् ।
वडा अध्यक्ष शिव न्यौपाने ,सदस्य शेर ब.थापा ,समाजसेबि तथा नेपाली काङ्ग्रेसका नेता पदम माझी ,जहान सिंह खत्री , खिम्ती प्रहरी चौकीका प्रमुख , रामेछाप जेसिसका सदस्य कमल खत्री र बिपिन दाहालले उपस्तिथिमा राहत वितरण गरेको हो ।
रामेछापमा मन्थली नगरपालिकाबाट कोरोना ¥यापिड टेष्ट
रामेछाप जिल्लामा सोमबारबाट कोरोना भाइरसको र्या्पिड टेष्ट सुरु गरिएको छ । पहिलो दिन जिल्लाको मन्थली नगरपालिकामा एजनामा र्या्पिड टेष्ट गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले र्या्पिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गर्ने र यसमा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गरिने बताए । जिल्लामा सोमबारसम्म छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको कर्णको भनाई छ । उनले जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म कोरोना परिक्षण तथा उपचारका लागि २ सय ९१ बेडको क्वारेन्टिन र ५८ बेडको आसोलेसन कक्ष स्थापना गरिएको बताए । रामेछाप जिल्लाको विभिन्न स्थानमा संचालित हेल्थ डेक्समा सोमबार सम्म ३ हजार ७ सय ६९ जनाको फिभर परिक्षण गरिएको पनि कर्णले बताए । कोरोना भाइरस संक्रमणको जोखिमतालाई ध्यानमा राखी लक्षण परिक्षण गर्न जिल्लाको मन्थली नगरपालिकामा संचालन गरिएको हेल्थ डेक्समा १ हजार ९ सय ४ जना , रामेछाप नगरपालिकामा ६ सय ७७ जना ,सुनापति गाउँपालिकामा ७ सय १ जना , खाँडादेवी गाउँपालिकामा ४ सय २० जना र गोकुलगंगा गाउँपालिकामा ६७ जनाको फिभर परिक्षण गरिएको कर्णले बताए । कर्णले जिल्लामा हालसम्म कोरोना भाइरसको परिक्षण तथा यपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) १ सय ८१ थान रहकोे जानकारी दिए । अहिले जिल्लाको रामेछाप नगरपालिकलामा २० थान , मन्थली नगरपालिकामा ४० थान ,सुनापति गाउँपालिकामा १२ थान ,खाँडादेवी गाउँपालिकामा १६ थान ,दोरम्बा गाउँपालिकामा ५ थान,गोकुलगंगा गाउँपालिकामा ३२ थान , उमाकुण्ड गाउँपालिकामा ५० थान र लिखुतामाकोशी गाउँपालिकामा ६ थान पिपिई सेट रहेको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा राखी निगरानी गर्नुपर्ने भएका त्यस्ता व्यत्तिहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ ।
रामेछापमा कोरोना ¥यापिड टेष्ट गरीदैँ
रामेछाप । भोलिबाट रामेछाप जिल्लामा पनि कोरोना ¥यापिड टेष्ट गरीने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य मन्त्रालयले तीन सय थान किट उपलब्ध गराएको छ ।
किट उपलब्ध भए संगै बैशाक १ गते बाट परीक्षणको काम सुरु गर्ने जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कणले बताउनु भयो । कर्णका अनुसार सुरुमा मन्थली नगरपालिका त्यस पछि रामेछाप नगरपालिकामा परीक्षण गरीने छ । क्वारेन्टाइनमा रहेका व्यक्ति र उनीहरुको परिवारका सदस्यहरुलाई पहिलो चरणमा परीक्षण गरीने छ ।
नक्कली बिरामी बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा
रामेछाप । रामेछाप प्रहरीले एक एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । बिरामि भन्दै अन्य यात्रु बोकेको अरोपमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । नेपाली काग्रेस महासमिति सदस्य पुर्ण बहादुर तमाङ कान्छारामले गोकुलगंगा गाउँपालिका वडा न. ६ लाई उपलब्ध गराएको प्रदेश ३–२२–०१ च २१६३ नम्वरको एम्बुलेन्सलाई प्रहरी नियन्त्रणमा लिएको हो ।
आइतवार काठमान्डौँ बाट नक्कली बिरामी लिइ हिडेको एम्बुलेन्सलाई सेलेघाट प्रहरी नियन्त्रणमा लिएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठकका अनुसार एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको छ ।
रामेछापका ५ स्थानिय तहमा कोरोना बिरुद्घ कोषको स्थापना
रामेछाप । रामेछापमा १ करोड ७६ लाख बराबरको कोरोना भाइरस बिरुद्घ कोषको स्थापन भएको छ । बिश्वभर फैलिएको कोभिड–१९ को रोकथामको लागि रामेछापका ५ वटा स्थानिय तहले कोरोना बिरुद्घ कोषको स्थापना गरेका हुन् । रामेछाप जिल्लाको खाँडादेबि गाउँपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका,मन्थली नगरपालिका,सुनपाति गाउँपालिका, उमाकुण्ड गाउँपालिकाले कोषको स्थापना गरेका हुन् ।
रामेछाप नगरपालिकाले तत्कालको लागि रु १० लाख र कोरोना बिरुद्घको बिशेष कोषमा रु २५ लाख बराबारको रकम राखेको छ । भने खाडादेबि गाउँपालिकाले १५ लाख, गोकुलगंगा गाउँपालिकाले १० लाख,मन्थली नगरपालिकाले १ करोड,सुनपाति गाउँपालिकाले २६ लाख, बराबरको कोषको स्थापन गरीएको हो ।
सो रकम औषधि, पिपिआर तथा राहत जस्ता कार्यमा खर्च गरीने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बताउनु भयो । रामेछापका स्थानिय तहले राहत बितरणको लागि तथ्याङ समेत संकलन गर्न सुरु गरेका छन् । राहत बितरणको लागि रामेछापको रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाडाँदेबि गाउँपालिका,गोकुलगंगा गाउँपालिका र सुनपाति गाउँपालिकाले तथ्याङ संकलनको काम सुरु गरेको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरले जानकारी दिए ।
रामेछापका ३ गाउँपालिकाले भने कोषको स्थापन गरेका छैन । रामेछापको दोरम्वा गाउँपालिका लिखुतामाकोसि गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले कोषको स्थापन गरेका छैन । दोरम्वा गाउँपालिकाकि उपाअध्यक्ष कृशला घिसिङ र उमाकुण्ड गाउँपालिकाकि उपाअध्यक्ष उर्मिला कार्किले दिएको जानकारी अनुसार यि दुई पालिकाले पनि कोष स्थापनाको लागि छलफल चलाइरहेका र चाडै कोष स्थापन गरीने बताए ।