रामेछाप । कोभिड १९ संक्रमण विरुद्ध पहिलो घेरामा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागि वान हार्ट वल्र्ड वाईड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले १० लाख रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण प्रदान गरेको छ । संस्थाले चार वटा प्याकेज बनाएर जिल्लाकै ८ वटा स्थानीय तह अन्तर्गतका हरेक वर्थिङ्ग÷ननवर्थिङ्ग सेन्टर एवम एक एक वटा क्वारेन्टाइन केन्द्र र जिल्ला अस्पताललाई विश्व स्वास्थ्य संगठनबाट प्रयोग गर्न उचित ठहरिएका व्यक्तिगत सुरक्षा सामाग्री तथा स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरणहरु प्रदान गरेको हो । संस्थाले थर्मल गन ४६ वटा एन ९५ माक्स १ सय ४७ , सर्जिकल माक्स ११ हजार ४ लगाएता स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको वान हार्ट वल्र्ड वाईड रामेछापकी जिल्ला संयोजक निशा गिरीले जानकारी दिइन् ।संस्थाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरण जिल्ला तथा सबै स्थानीय तहसंग आवश्यक समन्वय गरी वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त स्वास्थ्य प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । वान हार्ट वल्र्ड वाईडले रामेछाप जिल्लामा विगत दुई वर्षदेखि मातृ तथा शिशु स्वास्थ्यको श्रेत्रमा काम गर्दै आएको छ।