ताजा समाचार


रामेछापमा २ सय १४ जनाको र्‍यापिड टेष्ट : सबैको रिर्पोट नेकेटिभ

 नेपाल बाहक    २८ बैशाख २०७७, आईतवार १४:०२     245 जनाले पढ़िसके

रामेछाप । आइतवार सम्म रामेछाप जिल्लामा २ सय १४ जनाको र्‍यापिड टेष्ट गरिएको छ । र्‍यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको रामेछाप अस्पतालले जनाएको छ । आइतबारसम्म जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६८ जनाको र्‍यापिड टेष्ट गरिएको हो । अहिलेसम्म मन्थली नगरपालिकामा ४७ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्र्‍यापिड टेष्ट गरिएको छ ।