ताजा समाचार


पत्रकार र स्वास्थ्य कर्मिलाई पनि कोरोना सङ्क्रमणको पुष्टि

 नेपाल बाहक    ३० बैशाख २०७७, मंगलवार १२:५५     264 जनाले पढ़िसके

काठमान्डौँ । मंगलवार कपिलवस्तुमा एक जना स्टाफ नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत कपिलवस्तु नगरपालिका १ का २५ वर्षकी स्टाफ नर्सलाई सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितलाई उपचारका लागि बुटवल अस्पताल लैजाने तयारी भएको छ ।
भने पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित दुबै पत्रकार आज भेटिएका ३९ जना कोभिड–१९ संक्रमित मध्येकै रहेको बताइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेड डा। मदन उपाध्यायले संक्रमितमध्ये दुई जना पत्रकार भएको पुष्टि गरेका हुन् ।