रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले विश्वभर महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ महामारीका बेला समाचार संकलन गर्न सहजताका लागि जिल्लामा रहेर कामगर्ने आफ्ना सदस्य पत्रकारहरुलाई निशुल्क प्रेस टिसर्ट र माक्स प्रदान गरेको छ । शाखाले विहिबार जिल्लामा क्रियासिल आदिवासी जनजाति मुलका २० जना पत्रकारलाई एक–एक थान प्रेस टिसर्ट र माक्स उपलब्ध गराएको हो । लकडाउनका कारण पत्रकारहरुले बिभिन्न खालका झन्झट ब्यहोर्नु परेकाले उनीहरुको पहिचान संगै कामलाई सहज बनाउन जिल्लामा संचालित रेडियो,अनलाइन र जिल्लाबाट राष्ट्रिय स्तरका टेलिभजन तथा पत्रिकामा काम गरिरहेका आदिवासी जनजाति पत्रकारहरुलाई टिसर्ट र माक्स उपलब्ध गराईएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , फोनिज रामेछापका पुर्व अध्यक्ष सुमित श्रेष्ठ , वर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठको विभिन्न सहयोग र सिङगो फोनिज रामेछापको पहलमा यो संकटको घडिमा पत्रकारहरुलाई प्रेस टिसर्ट र माक्स वितरण गर्न संस्था सफल भएको उनको भनाई छ । पत्रकारहरुलाई प्रदान गरिएको माक्स महिला पत्रकारहरुको संगठन क्रियाशिल महिला पत्रकार ( डब्लुडब्लुजे ) उपलब्ध गराएको उनले बताए । प्रेस टिसर्ट र माक्स वितरण गर्दै फोनिज रामेछापले आफना् स्वास्थ्यको ख्याल गरी सजकता र सम्बेदनशिल भएर फिल्ड रिपोर्टिङ्ग गर्न पनि पत्रकारहरुलाई आग्रह गरेको छ ।