ताजा समाचार


रामेछापका सामुदायिक क्वारेन्टिनहरुमा न्युनतम मापदण्ड पुरा नभएको नागरीक समाज भनाई

 नेपाल बाहक    २ जेष्ठ २०७७, शुक्रबार ०८:५६     442 जनाले पढ़िसके

रामेछाप । रामेछापका सामुदायिक क्वारेन्टिनहरुमा न्युनतम मापदण्डहरु समेत पुरा नभएको मानव अधिकार संरक्षण सन्जालले जनाएको छ । क्वारेन्टिनहरुलाई मापदण्ड अनुसार निर्माण गरि क्वारेन्टिनमा बस्नु पर्ने मानिसहरुलाई अनिवार्य रुपमा सुरक्षा व्यवस्था सहित सामुदायिक क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सञ्जालले स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार सञ्जाल रामेछापले समुदाय स्तरमा कोरोना फैलिएकोले उच्च सतर्कता अपनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको हो । सञ्जाल संयोजक पाण्डव प्रसाइँद्वारा जारी विज्ञप्तिमा जिल्लामा होम क्वारेन्टिनमा राखिएका शंकास्पद मानिसहरुले क्वारेन्टिनमा पालना गर्नु पर्ने आधारभूत नियमहरुको समेत पालना नगरेको सञ्जालले गरेको नमुना अध्ययनको क्रममा देखिएकोले यसबाट संक्रमण फैलनसक्ने खतरा प्रति गम्भिर हुन भनेको छ । कोरोना आशंकितहरुलाई होम क्वारेन्टिनमा राख्दा समुदायमा संक्रमण फैलन सक्ने भन्दै रामेछापको नागरिक समाजले होम क्वारेन्टिनको अवधारणालाई नै खारेज गर्न माग गरेको छ ।

जिल्लामा निर्माण गरिएका आइसोलेसन कक्षमा कुनै पनि बेला विरामी राख्नु पर्ने अवस्था आइसकेकोले प्रत्यक आइसोलेसन केन्द्रमा वेड अनुसारका अक्सिजन, नर्सिङ् स्टाफ सहित स्वास्थ्यकर्मीहरुको लागि चेञ्जिङ् रुम, उचित शौचालय लगायत आवश्यक पुर्वाधारहरुको तत्काल व्यवस्थापन गरि आइसोलेसनको संख्या समेत बढाउनको लागि पनि सञ्जालले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै जिल्लामा खाद्यान्न तथा औषधीको अभाव हुन नदिन जिल्ला भित्रने अत्यावश्यक खाद्य सामाग्रि तथा औषधीहरु पूर्ण सुरक्षा सहित सहजरुपमा भित्रने व्यवस्था मिलाउन पनि उसले भनेको छ ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल २५ भन्दाबढी विभिन्न संस्था तथा व्यक्ति आवद्ध रहेका छन् ।