ताजा समाचार

बिहिवार धुलिखेल अस्पतालमा मृत्यु भएकि महिलाको मृत्युको कारण बारे अध्यायन गर्ने

 नेपाल बाहक    ३ जेष्ठ २०७७, शनिबार ११:०२     333 जनाले पढ़िसके

काठमान्डौँ । बिहिवार धुलिखेल अस्पतालमा मृत्यु भएकि २९ बर्षकि महिलाको कोरोना भाइरस बाट अथवा अन्य कारणले मृत्यु भएको भन्ने अध्ययन गरीने भएको छ । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।
अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड(१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।