ताजा समाचार


रामेछापमा र्‍यापिड टेष्ट सुस्त : एक महिनामा २ सय २४ जनाको र्‍यापिड टेष्ट

 नेपाल बाहक    ३ जेष्ठ २०७७, शनिबार ११:३९     475 जनाले पढ़िसके

रामेछाप । रामेछापमा र्‍यापिड टेष्ट सुस्त भएको छ । जिल्लामा र्‍यापिड टेष्ट सुरु भएको १ महिना भन्दा पनि धेरै समय बिति सकेको छ । २०७७ बैशाख १ गते देखि र्‍यापिड टेष्ट गर्न सुरु गरिएकोमा हाल सम्म २ सय २४ जनाको मात्रा र्‍यापिड टेष्ट गरिको छ । जिल्लामा हाल सम्म गरिएको र्‍यापिड टेष्टमा सबैको रिर्पोट नेकेटिभ आएको रामेछाप अस्पतालले जनाएको छ । रामेछापमा महिला ५० जना र पुरुष १ सय ७४ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट गरिएको छ ।
रामेछाप अस्पतालका प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ४७ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ५० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएको छ ।