ताजा समाचार


रामेछापमा ३ सय ७५ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेकेटिभ

 नेपाल बाहक    ६ जेष्ठ २०७७, मंगलवार १२:५७     271 जनाले पढ़िसके

रामेछाप । रामेछापमा हाल सम्म ३ सय ७५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । मंगलवार सम्म र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेकेटिभ आएका रामेछाप अस्पतालका प्रमुख जितेन्द्र कर्ण बताउनु भएको छ । छिमेकि जिल्लाहरुमा समेत कोरोना भाइरस संक्रमित भेटिएसंगै रामेछापमा परिक्षणको दायरा बढाइएको छ । रामेछाप जिल्लामा अतिआवश्यक सेवामा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकार , राजनैतिक दल , कर्मचारी लगाएतमा पनि कोरोना परिक्षण भैरहेको छ । रामेछाप जिल्लामा २०७७ साल बैशाख १ गते देखि र्‍यापिड टेष्ट गर्न सुरु गरिएको थियो ।