रामेछाप । रामेछाप जेसिजले पत्रकार महासंघ रामेछापलाई २० थान एन ९५ मास्क प्रदान गरेको छ । जेसिज मंगलबार ट्राफिक प्रहरी र पत्रकारलाई मास्क प्रदान गरेको हो । जिल्लामा कार्यरत ट्राफिक प्रहरीका लागि जिल्ला ट्राफिक प्रहरीका प्रमुख रामेश्वर पाण्डेलाई ११ थान , नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेललाई २० थान र उद्योग बाणिज्य संघ रामेछापमा कार्यरत कर्मचारीहरुका लागि ५ थान गरि कुल ३६ थान एन ९५ मास्क जेसिजका उपाध्यक्ष विमल पौडेलले प्रदान गरेका हुन् । कोरोनाको उच्च जोखिमका बाबजुद आफ्नो पेशाबाट विचलित नभइ काम गर्ने प्रहरी , पत्रकार र कर्मचारीको थप सुरक्षाका लागि उक्त मास्क प्रदान गरिएको जेसिज रामेछापका उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । जेसिजले यसअघि पनि जिल्ला सदरमुकाम मन्थलीमा संचालित अस्पतालहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।