रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले सो पालिकाका दीर्घ रोगीहरुलाई निशुल्क औषधि वितरण गरेको छ । पालिकाले रोगीहरुलाई स्वास्थ्य संस्था मार्फत गाउँगाउँमै औषधि पुर्याएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जागिर रायका अनुसार गाउँपालिकाले मुटु, दम, क्यान्सर, मधुमेह र उच्च रक्तचापको नियमति औषधि खाने बिरामीहरुको लागि औषधि पठाएको हो ।
लकडाउनको कारण स्थानीयलाई औषधि किन्न जान समस्या परेपछि गाउँपालिकाले माग संकलन गरेर औषधि खरिद गरि वितराण गरिएको रायले बताउनुभयो ।
पालिकाकाले २ सय ७ जना विभिन्न खालका दीर्घ रोगीहरुलाई औषधि वितरण गरिएको रायले बताउनभयो ।
यसैबीच मानवअधिकार अवस्था अनुगमन समिति रामेछापले ०७७ जेठ ७ गते समितिले गरिरहेका र गर्ने कामको बारेमा सरोकारवालासँग छलफल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रामेछापका प्रहरी प्रमुख डिएसपी वसन्त पाठक, मन्थली नगरपालिकाका प्रतिनिधिको बिचमा समितिले गर्ने अनुगमनको कामको बारेमा जानकारी गराएको थियो ।
समितिमा नेपाल पत्रकार महासंघ, गैसस महासंघ, बार र मानवअधिकारकर्मीहरु सदस्य छन् ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकरी स्द्रादेवी शर्माले कमजोरी भएका कुरा औल्याइदिन समितिलाई आनुरोध गर्नुभयो ।