ताजा समाचार


कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो

 नेपाल बाहक    ७ जेष्ठ २०७७, बुधबार १३:२०     275 जनाले पढ़िसके

काठमान्डौँ । बुधवार नेपालमा थप २५ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगैँ नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताएको छ । बुधबार थप २५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधवार मात्र तीन बर्षका बच्चासहित २५ जनामा संक्रमण पुष्टी भएको जानकारी गराएका थिए। बुधबार थपिएका संक्रमितहरु तीनदेखी ४८ बर्ष उमेर समुहका छन् । संक्रमितहरु सात जना महिला र १८ जना पुरुष छन् । बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् । त्यस्तै धनकुटामा पाँच, कपिलवस्तुमा बालबालिका र महिलासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने नवलपरासी पश्चिममा क्वरेण्टीनमा रहेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।