रामेछाप । रामेछाप जिल्लामा हाल सम्ममा ४ सय ३९ जनाको र्यापिड टेष्ट गरिएको छ । बैशाख १ गतेबाट सुरुबाट रामेछापमा र्यापिड टेष्ट गरिएको थियो । हाल सम्म सबैको रिर्पोृट नेकेटिभ आएको छ । जिल्लामा रहेका पालिकामा ७३ जना महिला र ३ सय ६६ जना पुरुषको र्यापिड टेष्ट गरिएको रामेछाप अस्पतालले जनाएको छ ।
अहिलेसम्म मन्थली नगरपालिकामा १ सय ७६ जना , रामेछाप नगरपालिकामा ९८ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ६४ जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड टेष्ट गरिएको छ।