रामेछाप । गत मंगलवार कोरोना पुष्टि भएका युवाको गाउँबाट परिक्षणको लागि पठाएको स्वाबको रिर्पोट नेकेटिभ आएको छ । खाडाँदेबि गाउँपालिका १ राकाथुमका एक २३ बर्षका युवामा कोरोना भाइरसको पुष्टि भए पछि उनको गाउँका १५ जनाको स्वाव शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पठाइएको थियो । स्वाब पठाएका १५ जनाकै रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वाब दिएका ती युवाको जेठ ६ गते मंगलबार कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित युवाको टेकु अस्पतालमा उपचार भैरहेको छ ।