रामेछाप । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसात घिमेरेकै पेट्रोल पम्पमा मिसावट ईन्धन बिक्री भइरहेका पाइएको छ । रामेछाप सदरमुकाम मन्थली स्थित भैसेश्वरमा संचालित लक्ष्मी आयल स्टोर्सले मुलुकमा लकडाउन भएको मौका छोपी पेट्रोलमा जहाजमा प्रयोग भइसकेको इन्धन मिसावट गरी विक्रि वितरण गर्ने गरेको खुलेको छ । विगत चारदिन यता लक्ष्मी याल स्टोर्समा पेट्रोल हालेका मोटरसाइकलहरुमा भटाभट समस्या आउँन थालेपछि लक्ष्मी आय स्टोर्सको कालो कर्तुत बाहिर आएको हो । लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका मोटरसाइकलको इन्जिन स्टार्ट नहुने , स्टार्ट भइहाले पनि पिकअप नदिने जस्ता समस्या आएको मोटरसाइकल चालकहरुले गुनासो गरेका छन् । पेट्रोलमा मिसावट गरी विक्रि वितरण गरिरहेको सूचना पएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार पेट्रोल पम्पको अनुगमन गरी ताला लगाएको छ । अनगुमन गर्ने क्रममा विभिन्न समस्या देखिएपनि स्टोर्सको स्याम्पल निकाल्ने काम भैरहेको रामेछापी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । शुक्रबार बिहानै आवश्यक स्याम्पल निकाल्नका लागि जिल्ला प्रशासनको टोली पेट्रोल पम्पमा रहेकाले स्याम्पले आइसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाइने उनको भनाई छ । पेट्रोल पम्पको नोजल बिग्रिएको पाइएको र स्याम्पल लिन नसकिएकाले मिस्त्री झिकाएर नजोल नबनाउनजेल सम्मको लागि पम्पमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । यता लक्ष्मी आयल स्टोरका सञ्चालक केशवप्रसाद घिमिरेले भने पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको च्याम्बर लिग भएर डिजेल र पेट्रोलमा मिसिन पुगेको बताए । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका घिमिरेले जानाजानी नभई ट्यांकर लिग भएको कारण समस्या आएको बताए । तर त्यस क्षेत्रका अन्य ब्यवसायिका अनुसार ट्यांकरको च्याम्बर लिग हुने कुनै सम्भावना नै रहँदैन। समस्या आएको मोटरसाइकलको पेट्रोल निकालेर हेर्दा एक पटक प्रयोग भइसकेको हवाई इन्धन मिसावट गरिएको पाइएको सम्बन्धित क्षेत्रका अनुभबिहरुको भनाई छ । तीन हजार लिटर पेट्रोलमा १ हजार पाँचसय लिटरसम्म हावाई इन्धन मिसावट गर्दा थाहा नपाइने भएपनि लक्ष्मी आएर स्टोर्सबाट हालेको पेट्रोलमा ५० प्रतिशत मिसावट रहेको गुनासो छ । लक्ष्मी आयल स्टोर्सका बारेमा यसअघि पनि विभिन्न गुनासाहरु आएपछि जिल्ला प्रशासनले पटक पटक अनुगमन गरी सुधार गर्न सुझाव दिदै आएको थियो । यसअघि यो स्टोर्सले सेवाग्रहीसंग बढि पैसा लिएर कम पेट्रोल हाल्ने गरेको लगाएतका गुनासाहरु बाक्लै आउँने गरेका थिए ।