ताजा समाचार


बिद्युत सर्ट हुँदा खाँडादेवीको डफ्कामा एक घर जलेर नष्ट

 नेपाल बाहक    ९ जेष्ठ २०७७, शुक्रबार १३:१४     310 जनाले पढ़िसके


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ३ डफ्काका नवीन माझीको घरमा बिहिबार राति आगलागी भएको छ । विद्युत सर्टभई भएको आलागीबाट घरसंगै घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
आगलागीबाट घरमा भएको नगद, जिन्सि सामान तथा लुगाफाटो समेत जलेर नष्ट भएको माझीले बताउनुभयो ।
आगलागीबट बिचल्लिामा परेको परिवारलाई शक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले राहात सामाग्रि उपलब्ध गराएको छ । रेडक्रस सभापति शिवकुमार कार्कीको नेतृत्वमा गएको टोलीले लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्रि पीडित परिवारलाई उपलब्ध गराएको कार्कीले जानकारी दिनुभयो ।