ताजा समाचार


आरडिटी परिक्षण गर्दा रामेछापमा तीन जनामा कोरोना पोजेटिभ

 नेपाल बाहक    ९ जेष्ठ २०७७, शुक्रबार १३:३३     374 जनाले पढ़िसके

रामेछाप । रामेछाप आरडिटी परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्‍यापिड टेष्ट गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सागर जर्का मगरले जानकारी दिनु भयो। प्रमुख मगरका २ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी रहेका छन् । उहाँका अनुसार पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेशनमा राखी स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाइनेछ ।