ताजा समाचार


नेपालमा ५ सय १६ जनामा कोरोना पुष्टि

 नेपाल बाहक    १० जेष्ठ २०७७, शनिबार ०१:३३     354 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा ५ सय १६ पुगेको छ । शुक्रबार राति थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ।

बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय युवक तथा २७,३०,३४,३८,४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै मकवानपुरको हेटौँडा ३ की ५४ वर्षीया महिला, भक्तपुर ९ की ४२ वर्षीया महिला र सप्तरीको बलान(बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।