ताजा समाचार


प्रशासनको लागएको ताला तोडे रामेछाप उद्योग बाणिज्य संघका अध्यक्षले

 नेपाल बाहक    १० जेष्ठ २०७७, शनिबार ०६:२५     718 जनाले पढ़िसके

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशाव प्रसात घिमिरेले सन्चालन गरेका पेट्रोलमा मिसावट भएको भन्दै रामेछाप प्रशासनले ताल्चा लगाएको थियो । तर घिमिरेले रामेछाप प्रशासनले लगाएको ताला २४ घण्टा नबित्दै तोडि दिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापको प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ लक्ष्मी आयल स्टोर्समा सिल गरेको थियो । लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका १ सय वटा भन्दा बढी मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएपछि सो पम्पमा सिल गरिएको हो । पेट्रोलमा मिसावट गरेर बिक्री गर्दा मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएको पत्ता लागेपछि प्रशासनले सो आयल स्टोर्सलाई सिल गरेको थियो ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेव शर्माले पम्पको स्याम्पल परीक्षणका लागि पठाइएकाले रिपोर्ट आएपछि मात्रै के हो भन्न सकिने बताउनु भयो । लक्ष्मी आयल स्टोर्सले हवाई इन्धन पेट्रोलमा मिसाएर बिक्री गरेको आशंका गरिएको छ । सो पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट नै नहुने, स्टार्ट भइहाले पनि पिकअप नदिने र इन्जीनमा बढी भार परेकोजस्तो हुने समस्या आएको मोटरसाइकल धनीहरुको भनाई छ । यदि पेट्रोलमा मिसावट भएको प्रमाणित भएमा पम्प सञ्चालकले लक्ष्मी आयल स्टोर्समा हालेको तेलकै कारण बिग्रिएका १ सय वटा भन्दा बढी मोटरसाइकलहरु बनाइदिनु पर्नेछ । त्यस कारण पनि पम्प सञ्चालक आफ्नो अपराध लुकाउन हरतरहले लागि परेका छन् ।