ताजा समाचार


रामेछापमा ५ सय ३ जनाको आरडिटि बिधिबाट कोरोना परिक्षण

 नेपाल बाहक    १० जेष्ठ २०७७, शनिबार १०:१०     509 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्ला ५ सय ३ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । रामेछाप अस्पतालका अनुसार हाल सम्म ४१४ जना पुरुष र ७९ जना महिलाको कोरोना परिक्षण गरिएको छ । रामेछाप अस्पतालका अनुसार हालसम्म मन्थली नगरपालिकामा १ सय ८० जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा ४५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएको छ ।
रामेछाप जिल्लामा २०७७ बैशाख २ गतेबाट कोरोना परिक्षण सुरु गरिएको थियो ।