ताजा समाचार


प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वाडबाट एक जना फरार

 नेपाल बाहक    ११ जेष्ठ २०७७, आईतवार ०७:३०     221 जनाले पढ़िसके

काठमाडौं । जनकपुर अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसन वडबाट एक जना कोरोना संक्रमित आइतवार बिहान भागेको अस्पताल जनाएको छ । अस्पतालका अनुसार, उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।