ताजा समाचार


अतिक्रमित भूमि फिर्ता ल्याउन प्रमाण सहित वार्ता र संवाद गरिने छ : मन्त्री ढुंगेल

 नेपाल बाहक    ११ जेष्ठ २०७७, आईतवार ०८:३५     298 जनाले पढ़िसके

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले भारतले अतिक्रमित भूमि फिर्ता ल्याउन प्रमाण सहित वार्ता र संवाद गरिने बताउनु भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा नेकपा रामेछापका सह इन्चार्ज समेत रहेका मन्त्री ढुंगेलले लिम्पियाधुरा , लिपुलेक र कालापानी समेटेर सरकारले जारी गरेको नेपालको नयाँ नक्सा ऐतिहासिक र सहासिक कार्य भएको बताउनु भयो ।अहिले विगतमा कसले के गर्योभनेर अल्झिएर कस्ने बेला नभएको भन्दै मन्त्री ढुंगेलले वर्तमान सरकारले नेपालको भूमि फिर्ता ल्याउन चालेको कदम र निर्णयको पक्षमा सबै नागरिक एकताबद्ध लाग्नुपर्ने बेला आएको बताए ।