काठमाडौं । सोमवार थप ७२ जनामा कोरोना संक्रमण भएको पाइएको छ । यो संगै नेपालमा कोराना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ