ताजा समाचार

रामेछापमा क्वारेन्टिन बस्नेको संख्या ८५, ७१ शैयाको आइसोलेशन र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष

 नेपाल बाहक    ११ जेष्ठ २०७७, आईतवार १२:२५     192 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा ८५ जनालाई क्वारेन्टिनमा राखिएको रामेछाप अस्पतालले जनाएको छ । रामेछाप अस्पतालका प्रमुख जितेन्द्र कर्णका अनुसार आइतवार सम्म उमाकुण्ड गाउँपाकिलामा २१ जना , मन्थली नगरपालिकामा १९ जना , गोकुलगंगा गाउँपालिकामा दार्चुलाबाट आएका ८ जना र स्वास्थ्यकर्मी २ जना सहित १५ जना , खाँडादेवी गाउँपालिकामा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा १३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा १७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेशन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।