रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टिमा बस्नेको संख्या १ सय ३ जना पुगेको छ । पछिल्लो समय रामेछापमा बहिर बाट आउनेको संख्या बढे संगै क्वारेन्टिमा बस्नेको संख्या बढेको हो । अहिले रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या अहिले सम्मकै बढी हो । अहिले उमाकुण्ड गाउँपाकिलामा २२ जना , मन्थली नगरपालिकामा २२ जना , रामेछाप नगरपालिकामा ६ जना , गोकुलगंगा गाउँपालिकामा १६ जना , खाँडादेवी गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा १३ जना गरी १ सय ३ जनालाई क्वारेन्टिनमा राखिएको रामेछाप अस्पतालले जानएको छ ।