ताजा समाचार


कोरोनाका कारण भारतमा ४ हजार भन्दा बढिको मृत्यु १ लाख ३८ हजार ८ सय बढी संक्रमित

 नेपाल बाहक    १२ जेष्ठ २०७७, सोमबार १३:४६     370 जनाले पढ़िसके

एजेन्सी । कोरोना भाइरसका कारण भारतमा ४ हजार २१ जनाको मृत्यु भएको छ । भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी भारतिय सन्चार माध्यले जनाएका छन् । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । नयाँ दिल्लीमा मात्रै १३ हजार ४ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।