ताजा समाचार


नेपालमा १ सय ५५ जना कोरोना सङ्क्रमित उपचारपछि निको

 नेपाल बाहक    १२ जेष्ठ २०७७, सोमबार १४:३४     283 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६८२ पुगेको छ भने १ सय ५५ जना उपचारपछि निको भएका छन् । सोमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या १ सय ५५ पुगेको हो ।
प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् ।