रामेछाप । रामेछापमा मंगलबार थप एक जनामा आरडिटी परिक्षण गर्दा कोरोना पोजेटिभ देखाएको छ । यो संगै रामेछाप आरडिटी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिनेको संख्या ७ जना पुगेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिकामा एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको रामेछाप अस्पतालले जनाएको छ । गत शुक्रबार मन्थली नगरपालिकामा चार जना , सुनापति गाउँपालिकामा एक जना र शनिबार मन्थली नगरपालिकामा एक जनाको आरडिटी पोजेटिभ आएको थियो ।
आरडिटी पोजेटिभ आएका ५ जनाको शुक्रबार र एक जनाको शनिबार पिसिआर विधिबाट कोरोणा परीक्षण गर्न स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको छ । त्यसको रिपोर्ट भने अझै आएको छैन ।