ताजा समाचार

कोभिड-१९ कारण अमेरिकामा १ लाख भन्दा बढिको मृत्यु

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार ०२:२०     166 जनाले पढ़िसके

काठमान्डौँ । कोरोना भाइरसकार कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाधेको छ । वल्ड मिटरका अनुसार बुधवार बिहान सम्म १ लाख ५ सय ७२ को ज्यान गएको छ । अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।